देउवा र नेपाल बिचको रहस्यमय भेटवार्ता।।खास!के के भयो गोप्य सहमती हेर्नुहोस

राजनीति

काठमाडौं, २३ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउनेबारे छलफल भएको उच्च स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि दलका नेताहरुको सक्रियता बढेको छ । हिजोमात्रै, प्रधानमन्त्री ओलीले देउवा निवास पुगेर आफूलाई विश्वासको मत दिन कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए । तर, देउवाले कुनैपनि हालतमा आफूहरु विश्वासको मत दिने पक्षमा नरहेको जवाफ दिएका थिए । त्यसको भोलिपल्ट आज माधव नेपालले देउवालाई भेटेका हुन् ।
एमालेभित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । नेपाल पक्षसँग ३० जनाभन्दा बढि सांसद रहेको दाबी गरिएको छ । यस्तो अवस्थामा नेपाल पक्षले बैशाख २७ गतेभन्दा अघि नै सामूहिक राजीनामा दिए ओलीले विश्वासको मत पाउने सम्भावना रहँदैन् ।
यो पनि पढ्नुहोस……..
काठमाडौं । मन्त्रिपरिषदको आज बसेको बैठक बिना निश्कर्ष सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कुनै निर्णय भने नगरेको सञ्चारमन्त्री पार्वत गुरुङले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘आजको बैठक नियमति बैठक हो । त्यस्तो कुनै निर्णय भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि मन्त्रिपरिषद बैठक डाकेका थिए ।
एमाले अध्यक्ष समेत रहेका ओलीले त्यसअघि बिहीबार नै पार्टीको स्थायी समिति बैठक पनि राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *