विश्वकप क्रिकेटमा सहभागी देशको संख्या २० बनाउने आइसिसीको तयारी, नेपाललाई ठुलो फाईदा

खेलकुद बिदेश

काठमाडौंः अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशकाे संख्या २० पुर्‍याउने तयारी गरेकाे छ । आइसीसीले सार्वजनिक गरेकाे रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्‍याउने तयारी गरेकाे हाे ।

यसले एसाेसियट देशलाई फाइदा हुने देखिएकाे छ । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएकाे छ ।

२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसका लागि २ वटा विकल्प पनि बनाएकाे छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र दोस्रो, आईसीसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेकाे छ । यदि याे याेजना पारित भएमा नेपालजस्ता एसाेसियट र क्रिकेटकाे क्रेज भएका देशका लागि बढी फाइदा हुनेछ ।

आइसिसीले प्रत्येक वर्ष एउटा विश्वव्यापी प्रतियोगिता आयोजनाको प्रस्ताव राखेको छ। यो प्रस्ताव पारित भए एशोसिएट र क्रिकेटको क्रेज भएका देशका लागि फाइदा पुग्ने अनुमान गरिएको छ। जसमा क्यानडा, जर्मनी, नाइजेरीयासँगै नेपालले पनि खेल्ने अवसर प्राप्त गर्ने सम्भावना रहेको छ।

विश्वकपमा टोलीहरू बढाइएसँगै दर्शकको संख्यामा बृद्धि हुने अपेक्षासहित विश्वव्यापी प्रतियोगितामा अमेरिकी प्रतिनिधित्वको सम्भावना बढ्ने आइसिसीको ठहर छ। आइसिसीले अमेरिकालाई ठूलो बजारको रुपमा हेर्दै आएको छ। अमेरिकामा खेललाई बढावा दिन आइसिसीले हाल सबै प्रयास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *