थप ९ हजार ७० जनामा कोरोना सङ्क्रमण, ५४ जनाको ज्यान गयो

समाचार स्वास्थ्य

बैशाख २३, काठमाण्डौ
पछिल्लो २४ घण्टामा देशभर नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार नौ सय ७० जना र सात सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, योसँगै ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय २९ पुगेको छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *