वडा अध्यक्षले किन गरे पत्रकारमाथि हातपात प्रयास

समाचार

बैशाख २२, रुकुम पूर्व
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ का वडाध्यक्ष सुरबहादुर रोकाले समाचार सङ्कलनका लागि गएका जिल्लाका दुई जना पत्रकारमाथि हातपात प्रयास गर्नुभएको छ । मङ्गलवार वडाध्यक्ष रोकाले रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकारद्वय जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथि हातपातको प्रयास गर्नुभएको हो ।

घुम्रिगाड खोला लघु जलविद्युत् आयोजनाको रकम भुक्तानीमा देखिएको विवादका बारेमा गाउँपालिकाको कार्यालयमै गएर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि दुई पटक हातपातको प्रयास गरेको पत्रकार बुढाथोकीले बताउनुभयो । विद्युत् आयोजनाको रकम भुक्तानीको क्रममा वडाध्यक्ष र गाउँपालिकाका लेखापालबीचमा भइरहेकाले के भएको हो भनेर बुझ्न खोज्दा वडाध्यक्षले आफूहरूमाथि हातपातको प्रयास गरेको बुढाथोकीले जनाउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *