ओलीलाई माधबको अन्तिम चेतावनी।।२०७५ जेठ २ गतेको निर्णयमा नफर्किए सामूहिक राजीनामा दिने धम्की।।

राजनीति

काठमाडौं,२२ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै एमालेभित्रको विवादको पनि अब छिनोफानो हुने भएको छ । उक्त दिन माधव नेपाल पक्षधरले ओलीलाई विश्वासको मत दिन्छ कि दिँदै भन्ने विषयमा यतिवेला चर्चा भैरहेको छ । माधव नेपाल पक्षले कुनैपनि हालतमा ओलीलाई विश्वासको मत नदिने बताईसकेको छ । यदि ओलीलाई आफूहरुको साथ चाहिएको हो भने उनी २०७५ जेठ २ गते फर्किनुपर्ने माधव नेपालको अडान छ ।
माधव नेपालनिकट सांसद सोमप्रसाद पाण्डेकाअनुसार नेपाल पक्षले आजमात्रै प्रधानमन्त्रीलाई एउटा प्रस्ताव पठाएको छ । उनकाअनुसार यदि अध्यक्ष ओली २०७५ जेठ २ गते फर्किए भने उनलाई विश्वासको मत दिन सकिने प्रस्तावमा उल्लेख गरिएको छ । उनले भने,‘हामीले त पार्टी एकता बचाउनको लागि नै प्रयन्त गरिराखेको हो नि । यदि अध्यक्ष २०७५ जेठ २ गते फर्किनु भयो भने हामी उहाँलाई विश्वासको मत दिन्छौं ।’

यसपटक कर्णालीमा जस्तो फ्लोर क्रस नगर्ने नेपाल पक्षको योजना छ । ओलीले पार्टी एकता चाहेको भने अब २०७५ जेठ २ गतेमा फर्किनुपर्ने माधव नेपालको अडान छ । उनले आफूनिकट सांसदहरुसँग भन्ने गरेका छन्– अब कुरा क्लियर कट हुनुपर्यो । उहाँले मिलेर जाऔं भन्न चाहेको हो भने पार्टीलाई २०७५ जेठ २ मा फर्काउनुपर्छ, त्यसको विकल्प ैन् । होईन, उहाँ फर्किन मान्नुभएन भने हामी विश्वासको मत लिनुभन्दा अघि नै सामूहिक राजीनामा दिन तयार हुनुपर्छ ।
यो पनि पढ्नुहोस…….।
अबको प्रधानमन्त्री देउवा बन्ने पक्का। ओलिलाई प्रधानमन्त्रीबाट हटाउन काङ्ग्रेसको यस्तो षड्यन्त्र तयार।काठमाडौं, बैशाख २२ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकैै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो।

प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान् ? संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट छैन। वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन्।
राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। विपक्षी दलहरू अविश्वासको प्रस्ताव ल्याउन हिचकिचाइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।
माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
माओवादी स्थायी समिति बैठकले ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र यसबारे बुधबार संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि ओली सरकारको विपक्षमा उभिने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने निर्णय कांग्रेस पार्टी पदाधिकारी बैठकले गरेको छ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारीसहितको बैठकले प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न नदिन अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने निर्णय गरेको हो।‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’ ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरूमा पनि अल्पमतमा परेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेस आरोप छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *