अबको प्रधानमन्त्री देउवा बन्ने पक्का। ओलिलाई प्रधानमन्त्रीबाट हटाउन काङ्ग्रेसको यस्तो षड्यन्त्र तयार।

राजनीति

काठमाडौं, बैशाख २२ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्व सरकारलाई विश्वासको मत पुग्न नदिने निर्णय मंगलबार गरेको छ। यसअघि कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने निर्णय गरेको थियो। यतिमात्रै होइन, केन्द्रीय समितिले कांग्रेसकैै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय पनि गरेको थियो।

प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत पाउलान् ? संसद्मा रहेका अन्य दलहरूको मात्र होइन, प्रधानमन्त्री ओलीकै पार्टी एमालेभित्र विवाद भएकाले आफ्नै सांसदको मत पनि उनको पक्षमा पर्ने स्पष्ट छैन। वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितले पार्टी अध्यक्षका रूपमा ओलीले विगतमा गरेका निर्णय नसच्याए सामूहिक राजीनामा गर्ने बताउँदै आएका छन्।
राजनीतिक अविश्वास र संकट चुलिँदै गएका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने निर्णय गरेका छन्। विपक्षी दलहरू अविश्वासको प्रस्ताव ल्याउन हिचकिचाइरहेका बेला प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेका हुन्।
माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
माओवादी स्थायी समिति बैठकले ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने र यसबारे बुधबार संसद् सचिवालयलाई जानकारी गराउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि ओली सरकारको विपक्षमा उभिने निर्णय गरेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने निर्णय कांग्रेस पार्टी पदाधिकारी बैठकले गरेको छ।
सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको पदाधिकारीसहितको बैठकले प्रधानमन्त्रीको पक्षमा बहुमत पुग्न नदिन अन्य राजनीतिक दलसँग छलफल अघि बढाउने निर्णय गरेको हो।‘प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि २७ गते संसद्को बैठक बस्ने निर्णय भएको छ, त्यो विश्वासको मतलाई असफल बनाउन कांग्रेसले पहल गर्ने निर्णय भएको छ,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘केन्द्रीय सरकारकै निर्देशनमा जुनखाले असंवैधानिक क्रियाकलाप प्रदेशमा भएको छ, त्यसको हामीले भत्र्सना पनि गरेका छौं।’ ओली सरकारले संवैधानिक मूल्यमान्यतालाई भत्काउने काम गरेको र प्रदेशहरूमा पनि अल्पमतमा परेपछि पनि जबरजस्ती सरकार बनाएको कांग्रेस आरोप छ। नागरिक दैनिकबाट
यो पनि पढ्नुहोस…….।
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को यादव–भट्टटाई पक्षबीच सघन छलफल शुरु भएको छ।यही क्रममा साेमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्षबीच भेटवार्ता भएको हो ।
साेमबार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको निवासमा चार नेताबीच छलफल भएको गगन थापाले जानकारी दिए । यसअघि पनि एक चरण उनीहरुबीच सोही घरमा छलफल भएको थियो ।
प्रदेशमा काँग्रेस र माओवादीसहितको गठबन्धन निर्माणका परिस्थिति पनि सोही निवासमा भएको छलफलले तय गरेको थियो । केन्द्रको गठबन्धनलाई निर्माणका लागि पनि नेताहरुले सोही निवास रोजेको देखिन्छ ।
विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा चार नेताबीच भएको छलफल केन्द्रित थियो ।​

Leave a Reply

Your email address will not be published. Required fields are marked *