देउवा, प्रचण्ड, माधव र उपेन्द्र गोप्य भेटमा।विश्वास मतमा प्रधानमन्त्री ओलीलाई बिफल बनाउने शुत्र तयार।।

राजनीति

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुबीच मोर्चाबन्दी सुरु भएको छ । काँग्रेस पदाधिकारीको बैठकले प्रधानमन्त्री ओलीको योजना ‘फेल’ गराउने निर्णय गर्नुपूर्व शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । सोमबार साँझ महाराजगञ्जमा भएको यो भेटलाई नेताहरुले अहिलेसम्म गोप्य राखेका छन् ।
प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को यादव–भट्टटाई पक्षबीच सघन छलफल शुरु भएको छ।यही क्रममा साेमबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्षबीच भेटवार्ता भएको हो ।
साेमबार साँझ महाराजगञ्जस्थित प्रमोद राणाको निवासमा चार नेताबीच छलफल भएको गगन थापाले जानकारी दिए । यसअघि पनि एक चरण उनीहरुबीच सोही घरमा छलफल भएको थियो ।
प्रदेशमा काँग्रेस र माओवादीसहितको गठबन्धन निर्माणका परिस्थिति पनि सोही निवासमा भएको छलफलले तय गरेको थियो । केन्द्रको गठबन्धनलाई निर्माणका लागि पनि नेताहरुले सोही निवास रोजेको देखिन्छ ।
विश्वास मतमा प्रधानमन्त्री ओलीलाई कसरी विफल बनाउने र आगामी दिनमा कसरी जाने भन्ने विषयमा चार नेताबीच भएको छलफल केन्द्रित थियो ।​
यो पनि पढ्नुहोस……
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।

त्यस्तै संविधानको ठाडो उलंघन गरेको, लोकतान्त्रिक मूल्यमान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाएर राजनीतिलाई सत्ताको फोहोरी खेलका रुपमा निकृष्ट ढंगबाट सञ्चलन गरेको पनि माओवादीको आरोप छ ।
माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको समेत बताएको छ ।
साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको उल्लेख छ ।
‘सर्वोच्च अदालतको फागुन २३ को निर्णय पश्चात ३० दिनभित्र विश्वासको मत लिनुपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै वैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएकाले माओवादी केन्द्रको निर्णय र नेकपा माओवादी संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजैका मितिदेखि लागु हुनेगरी फिर्ता लिएको जानकारी गराउँछु’, अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको समर्थन फिर्ता पत्रमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *