ओलिलाई विश्वासको मत लिन कडा चुनौती। रातारात सांसदको किनबेच शुरु।।

राजनीति

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान यति बेला संसदमा तानिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सांसदको कुल संख्याको बहुमत अर्थात् १ सय ३६ मत प्राप्त गर्नुपर्छ। माओवादी केन्द्रका चार सांसदको पद खारेज भएपछि २ सय ७५ सदस्यीय संसदमा हाल २ सय ७१ सदस्य छन्।

संसदमा एमालेको १२१ मत छ। ती सबै मत प्रधानमन्त्री ओलीले पाए पनि विश्वासको मत पुर्‍याउन थप १५ जनाको समर्थन चाहिन्छ। यसका लागि उनले अन्य दलबाट सहयोग पाउनुपर्छ। कुनै बेला झन्डै दुईतिहाइ बहुमतनजिक रहेका ओलीलाई अहिले विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आफ्नै दलका सबै सांसदलाई एकताबद्ध गरी जनता समाजवादी पार्टी ९जसपाको केही मत तान्नुपर्ने हुन्छ। माओवादी केन्द्र निकट स्रोतले भन्यो, ‘अहिलेसम्म जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीलाई मत दिँदैन भन्ने छ। कांग्रेस, माओवादी केन्द्र र जसपा एकातिर भएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्दैनन्।
विश्वासको मतको कार्यसूची वैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा राखिनेछ। विश्वासको मतमा सांसदले धारणा राख्न खोजे समय दिइनेछ। धारणा राख्ने क्रम सकिएपछि सम्भवतः २८ गते विश्वासको मतका लागि मतदान हुनेछ। पक्ष र विपक्षमा मतदान गर्न लबी विभाजन गरिनेछ। सदनमा एमालेका १२१, नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टीका ३२, राप्रपाका १, राष्ट्रिय जनमोर्चाका १ र नेपाल मजदुर किसान पार्टीका १ सदस्य छन्।
जनता समाजवादी पार्टीभित्रको केही मत प्रधानमन्त्री ओलीलाई गयो भने पनि बहुमत पुग्दैन। विश्वासको मत पुर्‍याउन जसपाले एक ढिक्का भएरै प्रधानमन्त्रीको पक्षमा मत दिनुुपर्छ। त्यसैले प्रधानमन्त्री ओली आफ्नो पक्षमा बहुमत पुर्‍याउने र विपक्षी दल कांग्रेस, माओवादीलगायतको बहुमत पुग्न नदिने गृहकार्यमा लागेका छन्।’

यो पनि पढ्नुहोस………
माधवकुमार नेपाल पक्षधर सांसदहरु राजिनामाको तयारीमा!!
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् ।
प्रधानमन्त्री ओलीलाई बहुमतको लागि थप १५ सांसदको आवश्यक छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठा#कुर पक्षधरले साथ दिने वचन दिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिने तयारीमा जुटेका हुन् । तर, एमालेभित्रको आन्तरिक किचलोको कारण ओलीले बहुमत प्राप्त गर्ने सम्भावना नरहेको कतिपयको विश्लेषण छ । यसैबीच अब कसरी अघि बढ्ने ? भन्नेबारे छलफल गर्न माधव पक्षधर सांसदहरु आज छलफलमा जुटेका छन् ।
माधव नेपालपक्षधर उच्च स्रोतले जनाएअनुसार आजबाट आफ्नो पक्षधर २१ जना सांसदले राजीनामा दिने तयारी थालेका छन् । माधव पक्षले २१ जनाले राजीनामा दिए अब बहुमतको लागि १२४ मात्रै भए पुग्छ । नेपाली कांग्रेससँग ६१, नेकपा माओवादी केन्द्रसँग ४९ सांसद छन् । कांग्रेस र माओवादीको सांसद संख्या ११० पुग्छ । उता, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधरले मात्रै साथ दिए पनि बहुमत पुग्ने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *