प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने अंकगणित ? खनाल–नेपाल समूहले के गर्लान् ?

राजनीति

बैशाख २२, काठमाण्डौ
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेको खनाल–नेपाल समूह आवश्यक रणनीतिमा जुटेको छ ।

आउँदो २७ गते विश्वासको मत लिने मिति तोकिएसँगै जसरी हुन्छ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई असफल बनाउने रणनीति अनुसार खनाल–नेपाल समूह विभिन्न विकल्पसहित आन्तरिक छलफलमा जुटिरहेको छ ।

पहिला विश्वासको मतको पक्षमा उभिन लगाएर थप कारबाही गर्ने प्रधानमन्त्री ओलीको रणनीति रहेकोले त्योभन्दा पहिले नै सामूहिक राजीनामा दिनुपर्ने पक्षमा केही नेताहरु रहेका छन् ।

यस्तै केही सांसदले ‘फ्लोर क्रस’ गरेर भए पनि ओलीलाई असफल बनाउनुपर्ने मत अघि सारेका छन् । एमालेको खनाल–नेपाल समूहले प्रतिनिधिसभामा आफूहरुको ३५ देखि ४० सांसद रहेको दाबी गर्दै आएका छन् ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन् । ओलीले विश्वासको मत पाउने र नपाउनेमा खनाल–नेपाल समूहको भूमिका निर्णायक देखिन्छ । आफ्नो पार्टीको पुरैसहित अरु १५ मत लिन सकेको खण्डमा मात्रै प्रधानमन्त्री ओली विश्वासको मत लिन सफल हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *