प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा

Uncategorized राजनीति समाचार

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि उनीविरुद्ध अविश्वास प्रस्तावको तयारी गरिरहेका तीन मुख्य दलहरु छलफलमा जुटेका छन

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आगामी बाटो कसरी तय गर्ने भन्नेबारे छलफल भइरहेको हो।

श्रोतका अनुसार तीनै दलका नेताहरुबीच भिन्दा भिन्दै अनौपचारिक छलफल भइरहेको र आजै संयुक्त बैठक बसेर आगामी रणनीतिबारे छलफल हुने छ।

माओवादीका एक शीर्ष नेताका अनुसार अपरान्ह चार बजेभित्रै तीन दलको बैठक काठमाडौँमा बस्ने तयारी भइरहेको छ। आइतबार प्रधानमन्त्री ओलीले सदनमा विश्वासको मत लिने निर्णय गरेका थिए।

विश्वासको मत लिने प्रायोजनका लागि आगामी वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन राष्ट्रपतिबाट आह्वान भइसकेको छ।

माओवादी केन्द्रले केपी ओलीलाई विस्थापित गर्र्दै नयाँ समिकरण निर्माण गरेर सरकार गठन गर्ने तयारी गरेको छ भने कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने औपचारिक निर्णय नै गरिसकेको छ।

तर माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

यो पनि पढ्नुहोस् ।

   नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको बताउनुभएको छ ।मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीलेआइतबार वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी बोलाउनुभएको थियो । उक्त सूचना जारी भएलगत्तै रावलले सामाजिक सञ्जालमार्फत् नेता रावलले उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ- ‘प्रमं केपीले संविधानको धारा ९३ (१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ । यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो। सबैमा चेतना भया !’

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्‍वास छ भन्‍ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन बोलाइएको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *