#Breakingnews,.,,प्रधानमन्त्री ओलिले आज देशबासिको नाममा सम्बोधन गर्दै ।

राजनीति समाचार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।

यो पनि पढ्नुहोस् ,,,

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा प्यूठान घर भएका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपुरका राजु विश्वकर्मा छन् । फरक–फरक उडानबाट काठमाडौं आएका उनीहरुले स्पिकरमा फिट गरेर सुन ल्याएका थिए । पक्राउ परेकाहरूमाथि विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *