नारायणकाजी श्रेष्ठको पद जाने खतरा !

राजनीति समाचार

काठमाडौं । सत्तासीन नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीको स्थायी कमिटि बैठकमा लुम्बिनी प्रदेशको तातिएको राजनीतिबारे छलफल गरेका छन् । मुख्यमन्त्री शंकरपोखरेलले राजिनामा दिएपछि आकस्मिक रुपमा बैठक बोलाएका ओलीले अब केन्द्रबाटै माओवादीलाई प्रदेशमा पनि पेल्ने रणनीति बनाएको बुझिएको छ । नेकपा एमालेकी सांसद विमला वली एकाएक माओवादी केन्द्रमा प्रवेश गरेकोमा एमाले नेताहरुले शंका व्यक्त गरेका छन् ।

लुम्बिनीमा माओवादीको नेतृत्वमा अविश्वास प्रस्ताव आएकोमा असफल भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत पुग्न नदिन लागिपरेको माओवादीले सांसद नै अपहरण गरेको भन्दै त्यसको बदला केन्द्रबाट लिने तयारी एमालेले गरेको चर्चा चलेको छ ।

प्रधानमन्त्री ओलीले तत्कालीन नेकपाबाट राष्ट्रिय सभामा चुनिएका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनित रामनारायण विडारीलाई पदमुक्त गर्ने तयारी गरेका छन् । यसबारे आजै राष्ट्रपतिसँग भेट गरी आवश्यक परामर्श लिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पनि परामर्श गरिरहेका छन् ।

नारायणकाजी श्रेष्ठले सूर्य चिन्ह र केपी ओलीको एकल हस्ताक्षर भएको टिकटबाट चुनाव जितेको बताइन्छ । जसका कारण ओलीलाई कारवाही गर्न सहज छ ।

लुम्बिनीका सभामुखले जसपाका ४ सांसदलाई उपेन्द्र र बाबुरामको एकपक्षीय कार्यकारिणी समितको पत्रले पदमुक्त गरेका छन् । त्यसैअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रियसभाले सूचना निकालेर नारायणकाजीलाई पदमुक्त गर्नुपर्ने प्रश्न पनि आज विहानको स्थायी कमिटी बैठकमा उठेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *