covid

कोरोनाका यी ५ लक्षण देखिए तुरुन्त उपचार गर्नुहोस,

खेलकुद स्वास्थ्य

यी पाँच सङ्केत देखिएमा खोकी कोभिडको लक्षण हुनसक्छ तर, कोरोना सङ्क्रमण फैलिरहेको बेला ज्वरो वा रुघाखोकी लाग्दा पनि कोभिड भएको हो कि भनेर अधिकांशमा डर निकै बढेको पाइन्छ ।

प्रायजसो सामान्य चिसो र फ्लूजस्तै लक्षण हुने हुँदा सुरुमै कोरोना भाइरसको लक्षण हो भनेर पत्ता लगाउन अलि गाह्रो हुन सक्छ । तर, केही निश्चित तरिकावाट खोकी सामान्य फ्लूका कारणले भएको वा कोभिडको लक्षण हो भनेर पत्ता लगाउन सकिन्छ ।

आफूमा देखिएको सङ्क्रमणको लक्षण छिटो पत्ता लगाउन सकेमा आफैँलाई गम्भीर सङ्क्रमणबाट र अरूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ । खोकी लाग्नु कोरोना भाइरसको मुख्य लक्षण हो जुन प्रायः बिरामीहरूमा देखिएको छ । ५९ देखि ८२ प्रतिशत बिरामीहरूले सङ्क्रमणको सुरुका दिनहरूमा सुक्खा खोकीको अनुभव गरेको बताइएको छ ।

त्यस्तै, विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्त गरेको अध्ययनअनुसार ५५ सय सङ्क्रमितमध्ये ६८ प्रतिशतमा सुक्खा खोकीको समस्या देखिएको थियो । सुक्खा खोकी हुँदा कफ वा खकार आउने हुँदैन । खोक्दा कफ आएमा यो सुक्खा खोकी होइन र यो सामान्य चिसो वा फ्लूको लक्षण हुनसक्छ । सुक्खा खोकी एलर्जीको कारणले गर्दा पनि हुनसक्ने हुन्छ ।

तर, लामो समयसम्म लगातार सुक्खा खोकी लागिरहेमा कोरोना भाइरसबाट सङ्क्रमण भएको लक्षण हुनसक्छ । सुक्खा खोकी लाग्दा घाँटीमा खसखस भइरहेको जस्तो महसुस हुनसक्छ जसकारण आवाज परिवर्तन हुनसक्छ । ज्वरो र खोकी सँगसँगै सास फेर्न गाह्रो भएमा यो कोभिडको लक्षण हुनसक्छ । कोरोना भाइरसका ४० प्रतिशत बिरामीहरूले सुरुको दिनमा सास फेर्न गाह्रो भएको रिपोर्ट गरेका छन् ।

घाँटीको दुखाइ पनि कोभिडको लक्षण हुनसक्छ । कोभिड भएकामा ज्वरो, खोकी, थकान र घाँटीको दुखाइ हुनसक्छ जुन सामान्य चिसो वा फ्लू भएका मानिसमा देखिँदैन । नाक बन्द हुने समस्या सामान्य चिसो वा फ्लू भएका मानिसमा प्राय देखिन्छ । तर, योसँगै गन्ध हराएमा, गन्धको क्षमतामा कमी आएमा वा गन्धमा परिवर्तन भएमा कोरोना भाइरसबाट सङ्क्रमण भएको लक्षण हुनसक्छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका लगभग ४१ प्रतिशतमा गन्धमा परिवर्तन भएको पाइएको थियो । सुक्खा खोकीको लक्षण नदेखिए पनि अधिकांश गन्धको क्षति कोरोना भाइरससँग सम्बन्धित हुन सक्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *