अष्ट्रेलियाबिरुद्धको पहिलो वनडेमा भारतको शर्मनाक हार , वार्नर र फिन्चले गरे भारतिय बलरको धुलाई

खेलकुद

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि ओपनरद्वय डेविड वार्नर र आरोन फिन्चले शतक बनाए । वार्नरले ११२ बलमा १७ चौका र ३ छक्काको मद्दतमा अविजित १ सय २८ रन बनाए । यस्तै अर्का ओपनर फिन्चले ११४ बलमा १३ चौका र २ छक्का हिर्काउँदै नटआउट १ सय १० रनको योगदान दिए ।

आजको जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनायो ।

उसका लागि शिखर धवनले ७४, केएल राहुलले ४७, ऋषभ पन्तले २८, रवीन्द्र जडेजालो २५, कुलदीप यादवले १७, कप्तान विराट कोहलीले १६, शार्दुल ठाकुरले १३, मोहम्मद शामी, रोहित शर्माले १०–१० रनको योगदान दिए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ३, केन रिचडर्सन, प्याट कमिन्सले २–२, एडम जम्पा र एश्टन अगरले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *