पार्टी फुटेको समाचार भाइरल भएपछि विप्लवले मुख खोले, दिए सबैलाई चकित पारिदिने यस्तो प्रतिक्रिया !

राजनीति समाचार

पार्टी फुटेको समाचार भाइरल भएपछि विप्लवले मुख खोले, दिए सबैलाई चकित पारिदिने यस्तो प्रतिक्रिया !

 

बैशाख १८, काठमाण्डौ,

नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले नफुटेको ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमा पार्टी फुटका समाचारहरु भाइरल भएपछि विप्लवले मुख खोलेका हुन् । उनले आफ्नो पार्टीमा फुट नआएको दाबी गरेको छ । कृष्णप्रसाद धमलाको नेतृत्वमा गठन भएको मञ्चलाई विप्लव समूहले ‘सकारात्मक’ बताएको छ ।पार्टीबाट अलग भएर बेग्लै मञ्च घोषणा गरेका पूर्वनेता कृष्णप्रसाद धमला प्रतिबिन्धतकालमै पार्टी छाडेर स्वतन्त्र भएको विप्लव समूहले स्पष्ट पारेको छ । धमलाले गठन गरेको मञ्चलाई पार्टी विभाजन मान्न नमिल्ने उसले बताएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने जुन सोचाइ अगाडि सारिएको छ, त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुनेछ ।’

 

पूर्वपोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाद्वारा गठन गरिएको समाजवादी मञ्चलाई फार्टी फुट भन्न र मान्न नसकिने बताउँदै विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘प्रतिबन्धको समयमै पार्टीबाट स्वतन्त्र रहेको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ । उक्त कुरालाई पार्टी–फुट भन्न र मान्न सकिँदैन । यो दलाल पुँजीवादी संसदवादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *