कोरोना संक्रमीत बढेसंगै लकडाउन कहिले भन्दै प्रशासन कुर्दै कपिलवस्तुका नागरिक

समाचार

  कपिलवस्तु, वैशाख १८

कोरोना संक्रमित बढेदै गए पछि कपिलवस्तुका धेरै नागरीकले प्रशासनले कहिले लकडाउन लगाउने भन्ने कुरेर बसेका छन् । कोभिडको दोस्रोलहरमा संक्रमित बढ्नु र अप्रत्यासित मृत्यु हुन लागे पछि नागरीकमा त्रासको वातावरण छाएको छ ।

तर जिल्ला प्रशासन कार्यालयले भने लकडाउन गर्ने सुरसार नै गरेको छैन । छिमेकी विभिन्न जिल्लामा लकडाउनको घोषणा गरे पनि जिल्लामा भने अझै प्रशासनले निर्णय गर्न सकेको छैन । जिल्लामा लकडाउन नभए पनी कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ९ ले वडामा लकडाउन गरेको छ ।

संक्रमणको जोखिम बढ्न लागे पछि स्थानीय समाजसेवी, व्यापारी, संघ सस्थाका प्रतिनिधीहरुको संयुक्त बैठक वसी एक साता लकडाउन गर्ने निर्णय भएको छ । जारी लकडाउन वैशाख १७ गते देखी २३ गते सम्म रहने गरी सुचना प्रकाशन गरेको छ । संक्रमित बढ्न थाले पछि अन्य बिकल्प नभएको कारणले लकडाउन गरेको वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *