कपिलवस्तुमा आज थप ४९ जनामा कोरोना संक्रमण, बाणगंगाका मात्रै २५ जना

समाचार

 कपिलवस्तु, वैशाख १८
कपिलवस्तुमा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा संक्रिय संक्रमितको संख्या ३३१ पुगेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका अनुसार अझै १७७ जनाको टिपोर्ट आउन भने बाँकी रहेको छ । हाल जिल्लामा कोरोनाका कारण ४३ जनाले ज्यान गुमाईसकेका छन् ।

आज मात्र बाणगंगामा २५ जना कोरोना संक्रमित थपिएका छन । २६ जनाको रिर्पोट आउदा २५ जनामा कोरोना देखिएको हो । ति सबै कोरोना संक्रमितको कन्ट्रेक्ट ट्रेसिङमा परेको बाणगंगा नगरपालिकाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *