प्रदेश १ मा ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा

समाचार

बैशाख १८, मोरङ
प्रदेश १ सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि बिरामी भर्ना सुरु गरिएको छ । बिरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले हिजो अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

२१ बेड भेन्टिलेटरसहितको छ भने अन्य सबै अक्सिजनसहितको बेड रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *