अध्ययनबाट थाहा भयाे, जाे मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनकाे समस्या बढी देखिन्छ

समाचार स्वास्थ्य

काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटाे उठ्नु अत्यन्त फाइदाजनक छ, याे कुरा जाे काेहीले विहान छिटाे उठेर पनि महसुस गर्न सक्छन् र विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भाव कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छन ।

उनले थपेका छन्, ‘अध्ययनबाट हामीलाई थाहा भयाे, जाे मानिस राती अबेर सुत्छन् उनीहरुमा डिप्रेसनकाे समस्या बढी देखिन्छ /

अनियमित निद्रा

शाेधकर्ताहरुका अनुसार राती अबेर सुत्नेहरुकाे विवाह हुने सम्भावना पनि अत्यन्त कम हुन्छ । यसले गर्दा राती अबेर सुत्नेहरुले एक्लाे जीवन बिताउने सम्भावना बढ्न थाल्छ । यसले गर्दा धूमपान गर्नेहरुकाे तथा सुत्ने समय नियमित नहुनेहरुमा डिप्रेसनकाे समस्या बढ्न थाल्छ ।

३२ हजार नर्समा भएकाे थियाे अध्ययन

साइकेट्रिक रिसर्च नामकाे जर्नलमा प्रकाशन भएकाे याे अध्ययन ३२ हजार नर्सहरुमा गरिएकाे थियाे । उनीहरुकाे समय र उनीहरु सुत्ने समयलाई लिएर याे अध्ययन गरिएकाे थियाे । अध्ययनमा सामेल भएका नर्सहरुमा सुत्ने र उठ्ने समय दिनदिनै फेरिने भएकाले उनीहरुमा डिप्रेसन देखिएकाे थियाे ।

किन महिलालाई नै हुन्छ ?

जाडो मौसममा दिन छोटा तथा रात लामा हुन्छन् । जाडोमा सूर्यको किरण हाम्रो शरीरमा पर्याप्त मात्रामा पर्दैन । जाडोले मस्तिष्कको कार्यसम्पादनमा समेत प्रभाव पार्छ । यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा भएको ‘सेरोटोनिन’ नामक न्युरो ट्रान्समिटर प्रभावित हुन्छ । सेरोटोनिन घामको प्रकाश शरीरमा प्रवेश गर्दा मात्र उत्पन्न हुन्छ । मस्तिष्कमा प्रवाह हुने टोपामाइन, मेलाटोनिन, मेरिटोनिनजस्ता हार्मोन घटबढ, गडबड वा असन्तुलित हुन्छ, जसले सिजनल डिप्रेसन निम्त्याउँछ ।

सामान्यतया जाडोमा सहने शक्ति पनि घट्छ । पुरुषको तुलनामा महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन् भने घरको काम, बालबच्चाको स्याहार–सुसार तथा भान्साको काम बढी हुन्छ । दिन छोटा भएकाले उनीहरूलाई समयमै घरधन्दा  सक्नुपर्ने चटारो हुन्छ । कामको चापले महिलाहरूमा तागत पनि कम हुन्छ भने शारीरिक शक्तिमा ह्रास आउँछ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो कामलाई बाध्यात्मक रूपमा लिन्छन् अनि त्यसकै प्रेसरबाट डिप्रेसन हुन्छ ।

जाडो मौसममा अल्छी लाग्ने, काममा जाँगर नलाग्ने, शरीर कमजोर हुने र थाक्ने, निराश हुने, बढी खाना खान मन लाग्ने, बढी निद्रा लाग्ने जस्ता अनुभव सबैले गर्छन् । यी समस्या जाडो मौसमका सामान्य समस्या हुन् तर यसलाई डिप्रेसन भन्न मिल्दैन । यद्यपि लगातार लामो समयसम्म यही समस्याबाट गुज्रिरहे डिप्रेसन हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *