कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

समाचार

कपिलवस्तु, बैशाख १७
कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । विहीबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ । कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यस्तै शिबराज नगरपालिका वडा नम्बर ३ निवासी ७० वर्ष को पुरुष, कपिलबस्तु नगरपालिका वडा नम्बर ३ बस्ने ८८ वर्ष को पुरुश, शिवराज नगरपालिका वडा नम्बर १ निवासी ३४ बर्षीय पुरुषको उपचारको क्रम मा मृत्यु भएको छ । यससंगै कपिलबस्तु जिल्ला मा कोभिड १९ का कारण निधन हुनेको सन्ख्या ४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *