बाणागंगामा अक्सिजन सहित १० बेड र विजयनगरमा १८ बेडको आइसोलेशन बन्ने

समाचार

कपिलवस्तु १७ बैशाख
कपिलवस्तुको बाणगंगामा शिद्धार्थ क्याम्पसको सभाहलमा तत्कलका लागि १० शैया सहितको अक्सिजन बेड तयार पार्ने गरी नगरले काम अघि बढाएको छ । उपमेयर चक्रपाणी अर्यालका अनुसार १० बेडका लागि अक्सिजन सिलिण्डर भाडामा ल्याइएको छ भने ३० वटा सिलिण्डरको खरिद प्रकृया अघि बढाइएको छ । हाल पिपरा अस्पालमा ६ वटा मात्र सिलिण्डर रहेको अस्पतलले जनाएसंगै नगरले संकट आइपर्ने आकलन गरेर तत्काल थप १० वटा भाडामा ल्याएर काम चलाउने प्रबन्ध मिलाएको हो ।

सिलिण्डर खरिदको काम फाष्टट्रयाकवाट गर्नेगरी ब्यवस्था मिलाइएको उपमेयर अर्यालले जानकारी दिनु भयो । यता विजयनगर गाउँपालिकाले आइसोलेशन सेन्टरमा अक्सिजन सहितको सुविधा प्रदान गर्ने भएको छ । कोभिड –१९ को प्रभावले असहज परिस्थितिलाई नियाल्दै गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले सेवा थप गर्ने निर्णय गरेको हो ।

पालिकालेकोभिडको उपचारको लागि गणेशपुर स्वास्थ्य चौकीमा अक्सिजनसहित १८ शैयाको आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ । यसै गरी भारतबाट नेपाल फर्किएका लाई एन्टीजिन परीक्षण गर्नका लागि परीक्षण सेन्टर तोकेको छ । हरिबोध आधारभूत विद्यालय भारतबाट आउनेको अभिलेख राखी परिक्षण गर्ने भएको छ । कोभिड को लागि पालिकाले संचालन गरेको एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । पालिकाले हाट बजार, सभा, सम्मेलन गोष्ठी, नाचगान गर्न बन्देज लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *