आज एक सय पाँच वटा आन्तरिक उडान, भैरहवा र विराटनगरबाट काठमाण्डौको भाडा जम्मा १५ सय

समाचार

बैशाख १६, काठमाण्डौ
काठमाण्डौ उपत्यकामा बिहीवार आजदेखि सुरु भएको निषेधाज्ञाका कारण हवाई मार्ग भएर काठमाण्डौ उपत्यका छाड्नेहरू बढेका छन् । सार्वजनिक यातायातबाट गएको तीन दिनदेखि काठमाण्डौ छाड्नेहरूको घुइँचो लागेको थियो आजदेखि सार्वजनिक गाडी चलाउन रोक लगाएपछि आन्तरिक उडानमार्फत काठमाण्डौ छाड्नेहरू बढेका हुन् ।

यात्रुको चापका कारण काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि जहाज कम्पनीहरूले अधिकतम भाडा तोकेका छन् । निषेधाज्ञामा पनि आन्तरिक उडान सञ्चालन गर्न दिने सरकारको निर्णयअनुसार आज पनि आन्तरिक उडान निर्वाध चलेका छन् । विमानस्थल र एअरलाइन्सका कर्मचारी तथा जहाज चढ्ने यात्रुले पनि टिकट देखाएपछि विमानस्थल आउजाउ गर्न प्रहरीले रोकेको छैन ।

‘विमानस्थलका कर्मचारीजस्तै हाम्रा कर्मचारी पनि निर्वाध रूपमा विमानस्थल आउजाउ गर्न पाएका छन्, टिकट देखाएपछि यात्रुलाई पनि प्रहरीले कतै अवरोध गरेका छैन’, यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो ।

त्रिभुवन विमानस्थलका अनुसार आज काठमाण्डौबाट विभिन्न गन्तव्यका लागि एक सय चार वटा उडानको तालिका रहेको छ । आज बुद्ध एअरका ५० वटा, यति एअरलाइन्सका २७ वटा, श्री एअरलाइन्सका १५ वटा, तारा एअरका पाँच तथा समिट र नेपाल एअरलाइन्सका चाररचार वटा उडानको तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *