सरकारले एक सय २० अभियुक्तको मुद्दा फिर्ता लियो

समाचार

 बैशाख १५, काठमाण्डौ
सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तको मुद्दा फिर्ता लिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले यो निर्णय गरेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *