सत्तापक्षकै सदस्यको अवरोधपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

समाचार

बैशाख १४, कास्की
गण्डकी प्रदेश सभाको मङ्गलवार ९आज० को बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ । बैठकको सुरुमा नै नेकपा एमालेका सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह अवस्था हुँदा सभासद्को पीसीआर परीक्षण नभइ बैठक सञ्चालन गर्न नहुने माग गर्नुभएको थियो । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेश सभाको बैठक अझै सञ्चालन हुन सकेको छैन ।

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधवारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतवार मात्रै अविश्वासको प्रस्ताव टेबुल भइ त्यही विषयमा छलफल हुने कार्यसूची थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *