देशभरिको तापक्रम वृद्धि, पहाडका केही भूभागमा क्षणिक वर्षाको सम्भावना

समाचार

बैशाख १४, काठमाण्डौ
देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ ।

गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ । हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेश(१, प्रदेश(२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ ।

बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *