काठमाण्डौ उपत्यकामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा, सार्वजनिक र निजी दुवै गाडी चलाउन रोक

समाचार

लुदअ बैशाख १३, काठमाण्डौ
काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको छ । सोमवार बसेको काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी दुवै गाडी नचल्ने प्रशासन कार्यालयले जारी गरेका आदेशमा जनाइएको छ । अत्यावश्यक ढुवानीका सवारी साधन बाहेक अन्य सवारी साधनलाई काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाउने निर्णय पनि गरिएको छ ।

बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । यस्तै विवाह, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गर्ने गरी जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर मात्र गर्न पनि आदेश जारी गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *