‘भर्ना भएका बिरामी डिस्चार्ज भएपछि मात्रै अर्का सङ्क्रमितले बेड पाउँछन्’

समाचार

लुदअ बैशाख १३, बाँके
पश्चिम क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि स्वास्थ्यकर्मीको अभाव भएको छ । जसका कारण सङ्क्रमितहरू सहजै उपचार पाउन सकिरहेका छैनन् । गएको वर्ष सरकारले केन्द्रबाटै चिकित्सक पठाएर सहयोग गरेको भए पनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ ।

गएको १२ दिनअघि कोरोना सङ्क्रमित हुनुभएका दाङ तुलसीपुरका सन्तोष वली भेरी अस्पताल आसपासमा उपचारका लागि दौडधुप गरिरहेको भेटिनुहुन्छ । आफूसँगै सङ्क्रमित श्रीमतीको उपचारका लागि उहाँको दौडधुप बढेको हो । अस्पताल बसाइ उहाँका लागि निकै कष्टकर बनेको छ । केही दिन अघिमात्रै उहाँले कोरोना सङ्क्रमणकै कारण छोरी गुमाउनुभएको छ ।

दाङमा स्टाफ नर्सको रूपमा कार्यरत रहँदा उहाँकी छोरी सङ्क्रमित हुनुभएको थियो । उपचारकै क्रममा उहाँको ज्यान गयो । यस्तो पीडाका बीच अस्पतालमा राम्रो उपचार गराउन नसकेको उहाँको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *