फोहोर व्यबस्थापनमा बाणगंगा चुक्यो, फोहोरकै कारण मधौलिया सामुदायिक वनमा आगलागी

समाचार

कपिलवस्तु, बैशाख १३
कपिलवस्तुको बााणगंगा नगरपालिका वडा न. ५ मा पर्ने मधौलिया सामुदायिक वनमा आगलागी भएको छ । बाणगंगा नगरपालिकाले जम्मा गरेको बन छेउको फोहोरमा आगो लगाउदाँ त्यहाँको आगो हावाका कारण वनमा फैलिएको हो । नगरपालिकालाई मधौलिया समुदायिक वनले पटक पटक फोहोर व्यवस्थापन गर्न पत्राचार गर्दा पनि नगरपालिकाले अटेरि गरेकोले सामुदायिक वनमा डढेलो लागेर क्षति भएको वनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले जानकारी दिए ।

आगलागीले करिब चार बिघाह क्षेत्रफल नर्सरीमा रहेका धेरै बोट विरुवाहरु जलेर नष्ट भएको उनले बताए । उपभोत्ता समितिका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालको नेतृत्वमा वनका पदाधिकारी, ईलाका प्रहरी कार्यलय पिपराका प्रहरी तथा बाणगंगा नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको हो । समयमै आगालागी नियन्त्रण गर्दा ठुलो क्षति हुनबाट जोगिएको बताइएको छ । जिल्लाकै विकसित र विभिन्न विद्यामा विश्वकै उत्कृष्ट घोषित बाणगंगा नगरपालिकाले अहिले सम्म पनि फोहोर व्यबस्थापन गर्न नसक्दा आलोचना भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *