बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न सांसदको माग

समाचार

लुदअ बैशाख १२, काठमाण्डौ
सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा खर्च गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतवारको बैठकमा सहभागी भएका सांसदहरूले बजेट रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षा गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद मोहनप्रसाद पाण्डेले खर्च हुन नसकेको बजेटलाई रकमान्तर गरेर भए पनि नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य क्षेत्रमा खर्च गर्न माग गर्नुभयो । सम्पन्न मान्छेले निजी अस्पतालमा उपचार गराएर बाँचिरहेको तर गरिब मानिसले उपचार नै पाउन नसक्ने स्थिति रहेको उहाँले सुनाउनुभयो । राज्यले अहिले विभिन्न क्षेत्रमा बजेट रकमान्तर गरिरहेको तर त्यस्तो पैसा कोभिड रोकथाम, नियन्त्रण तथा उपचारका लागि किन खर्च नगर्ने भन्दै प्रश्न गर्नुभयो । अर्थ मन्त्रालयले अरबौँ रुपैयाँ रकमान्तर गरेको तर औषधि र अस्पतालको व्यवस्थाका लागि रकम उपलब्ध गराउन नसकेको पनि उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *