बाणगंगाका हाटबजार वैशाख मसान्तसम्म बन्द, परीक्षा सकिएपछि विद्यालय पनि बन्द हुने

समाचार

हरि आचार्य, कपिलवस्तु
कोरोना संक्रमण नियन्त्रणको लागी बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका २४ बुँदे निर्देशन जारी गरेको हो । विद्यालयको हकमा भने परीक्षा सकेर मात्र बन्द गरिने भएको छ । सोमवारबाटै यो निर्णय लागु हुने नगरपालिकाले जनाएको छ ।

बाणगंगामा आईतवारबाट परीक्षा सुरु भएको अवस्था छ । तत्काल परीक्षा स्थगित गर्दा विद्यालय र बालबालिकाको पढाई प्रभावित हुने बताउँदै नगरले चाँडै परीक्षा सक्न समेत भनेको छ । परीक्षा संचालन गर्दा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ ।हाट बजारसंगै पार्टी प्यालेस पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालामा खेलकुदका प्रतियोगिता पनि नगर्न अनुरोध गरिएको छ । २५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादि नगर्न नगरप्रमुख मंगलप्रसाद थारुले आग्रह गरेका छन् ।

बैठकले कोरोना नियन्त्रणमा अन्य क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । आवश्यक कामभन्दा बाहिर नजान, जानै परे स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।यस्तै सवारीको हकमा चालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सिट क्षमताभन्दा बढी राखेको पाइए तत्काल कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरेको छ । नगरको गरेका निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही हुने नगरले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *