प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने घोषणा

इतिहास झल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ : प्रधानमन्त्री ओली

समाचार

बैशाख ११, काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।

धरहराको उद्घाटनपछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले धरहरा पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।

‘राति पनि मैले हेरेको थियो, धरहरामा रङ्गरोगन गर्ने र सरसफाइ गर्ने काम भइरहेको थियो, दिनरात नभनेर काममा खटिनेहरुलाई म धन्यवाद दिन चाहन्छु’( उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहरा बनेको भन्दै पुनर्निर्माणमा खटिनेहरु सम्मानको हकदार भएका बताउनुभयो ।

२०७२ साल फागुनमा ‘मै बनाउँछु मेरो धरहरा अभियान’ बाट चलाए पनि त्यो अभियान अगाडि बढ्न नसकेको तर, फेरि अर्को अभियान चलाएर धरहरा बनाउन सकिएको बताउनुभयो । उहाँले नेपालको इतिहास, संस्कृति झल्कने र आधुनिकता टल्किने अवधारणासहित धरहरा बनाएको दाबी पनि गर्नुभयो ।

धरहरा बनाउन प्रधानमन्त्री ओलीले आज २० औं तलामा रहेको धरहराको बालकोनीबाट पुष्पवृष्टि गरेर उद्घाटन गर्नु भएको हो । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ २० औं तलाको बालकोनीमा पुग्नु भएको थियो । त्यहाँबाट उहाँले काठमाण्डौ उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *