विजयनगर गाउँपालिका पूर्ण खोप घोषणा

समाचार

कपिलवस्तु, १० बैशाख
विजयनगरको सान पूर्ण खोप गाउँपालिका हाम्रो अभियान, हाम्रो प्रतिवद्धता गुणस्तरिय खोपको सुनिश्चितता भन्ने नारा सहित कपिलवस्तुको विजयनगर गाउँपालिकालाई एक कार्यक्रमका विच पूर्ण खोप घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

गाउँपालिका पूर्ण खोप हुनु राम्रो पक्ष रहेको बताउदै यसको दिगोपनाका लागी चुनौति थपिएको लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । कपिलवस्तु जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणाका लागि गाउँपालिकाले देखाएको तत्परता र सफलता सराहनिय भएको बताउनु भयो ।पूर्ण खोपका लागी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका महिला स्वयसेविकाहरुको भूमिका प्रशसनिय रहेको समेत प्रदेश सभा सदस्य के.सी.ले बताउनु भयो ।

पूर्ण खोप निकै जटिल र अप्ठ्यारो अभियान लाई सफल बनाएकोमा गाउँपालिकालाई धन्यवाद समेत दिनुभयो ।विजयनगर गाउँपालिका सहित जिल्लाका ६ वटा पालिकाहरु पूर्ण खोप घोषणा भइसकेको जिल्ला समन्वय समिति सभापति नारायण ज्ञवालीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *