एमाले कपिलवस्तु ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य घिमिरेलाई

समाचार

 कपिलवस्तु, वैशाख १०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ ।आजको बैठकले नेताहरुको कार्यभिजान गरेको थियो । कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

कार्यविभाजनअनुसार घिमिरेलाई कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी दिइएको हो। जिम्मेबारी पाएपछि संक्षिप्त प्रतिक्रिया दिदैं घिमिरेले नेकपा एमाले कपिलवस्तुलाई नया जोस जागरका साथ एकताबद्ध बनाएर लैजाने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *