बाणगंगाको वडा नं. ७ मा बन्ने भयो ११ अर्ब २५ करोडको सौर्य मेघा परियोजना, दुई पक्ष बीच सम्झौता

समाचार

कपिलवस्तु
राष्ट्रिय गौरवको सौर्य मेघा परियोजनाको संचालनका लागि कपिलवस्तुको बाणगंगा नगरपालिका र चीन सरकारको प्यारामेन्ट, कम्पनी राइनोज इनर्जी लिमिटेड बिच सम्झौता भएको हो । १ सय २५ मेघावटा बिद्यतु उत्पादनका लागि ११ अरब २५ करोडको सौर्य मेघा परियोजनाको दुई पक्ष बिच नगरपालिकाको कार्यालयमा संझौता गरिएको हो । चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ र नगर प्रमुख मंगल प्रसास थारुले संझौतामा हस्ताक्षर गेरेका थिए । नगरपालिकाको वडा नम्बर ७ खारखानीमा रहेको सरकारी जग्गामा परियोजना संचालन हुनेछ ।

सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्यविद्यूत उत्पादन हुने छ । २० मेगावाट स्टोरेज ामताले बाणगंगा नगरपालिका जुनसुकै स्थितिमा पनि लोडसेडिङ नहुने बताइएको छ । यो परियोजनाले कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने नगर प्रमुुख थारुले बताए । यो नगरको लागि सबैभन्दा ठुलो उपलब्धि हुने उनले बताए । यो योजना बढीमा ३ बर्षभित्र बनाएर सकिने छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले बताए ।

नेपालका राइजोन प्रतिनिधि छविलाल सिटौलाले परियोजनाले यो परियोजनाले जिल्लाको आर्थिक र पर्यटन विकासमा सहयोग गर्ने बताए । यस्तै प्रकृतिाको सौर्य परियोजना बाकेको कोहलपुरमा समेत निर्माण हुनेछ । लुम्बिनी प्रदेशको बाणगंगा र कोहलपुरमा निर्माण हुने सौर्य परियोजनाले प्रदेशकै उर्जा संकट टार्ने उनले बताए । सो परियोजना वडा नम्बर ७ को खारखानी पार्क र पिक्नीक स्पोट नजिक बन्ने भएपछि वडाबासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताए ।

गत असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो । यो परियोजनाको लागि यस क्षेत्रकै पुराना वामपन्थी नेता लक्ष्मण रायमाझीले मुख्य पहल गरेका थिए । हस्ताक्षर कार्यक्रममा चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ, उप मेयर चक्रपाणी अर्याल, वडाध्यक्ष बिष्णु गिरी लगातय सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *