प्रदेश ३ काे प्रदेश सभामा बिहीबार पनि नाम राजधानी तोक्ने विषयमा छलफल : निष्कर्ष निस्किएन

समाचार

मकवानपुर – प्रदेश-३ को प्रदेश सभामा बिहीबार पनि प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि छलफल जारी रहेर बिनानिष्कर्ष टु‌ंगिएकाे छ ।छलफलमा सांसदहरुले काभ्रे र हेटौँडालाई राजधानी बनाउने विषयमा आ आफ्नो धारणा राखेका छन् । सांसद रवीन प्रसाद पाण्डेले संविधानले दिएको विशेष अधिकार अनुसार प्रदेशले राजधानी र नाम तोकोस् भन्ने आग्रह गर्नुभयो ।

सांसद प्रेमबहादुर पुलामीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा हेटौँडा राजधानी तोकेकाले त्यसलाई नबिगार्न माग गर्नुभयो ।सांसद केशवराज पाण्डेले भने नुवाकोट प्रदेशको राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नुवाकोटामा आफ्नो घर भएर मात्र नभइ काठमाडौँको जनघनत्व कम गर्न उपयुक्त ठाउँ नुवाकोट भएकाले प्रदेश राजधानी नुवाकोट हुनुपर्ने बताउनुभयो ।

सांसद ओमबहादुर घलानले राजधानीका लागि बीचभाग खोज्ने कि महत्वपूर्ण भाग खोज्ने ? भन्दै प्रश्न गर्नुभयो । मकवानपुर भनेको सबै भन्दा बढी जातिको बसोबास भएको जिल्ला रहेको र सबैले हेटौँडालाई नै मन पराएकाले हेटौँडा नै राजधानी हुनुपर्ने बताउनुभयो ।सांसद राजेन्द्र गुरुङले प्रदेश सरकार हुँदै गर्दा नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही दिन नसकेको बताउँदै अब काभ्रेलाई प्रदेश राजधानी तोकेर जानुपर्ने बताउनुभयो ।सांसद मुनु सिग्देलले संविधान अनुसार नै दुई तिहाइ मतले मकवानपुरमा राजधानी तोक्न आग्रह गर्नुभयो ।

सांसद रमेश पौडेलले काभ्रेको धुलिखेल राजधानी राख्न २ वटा आधारहरु प्रस्तुत गर्नुभयो । उहाँले संघीयताले सामाजिक न्यानको सुनिश्चिता र हातैले भेट्ने ठाउँमा सरकार भनेकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले ६० लाख जनसंख्या मध्ये ४८ लाखले एक दिन यात्रा गर्दा मुस्किलले हेटौँडा पुग्ने र १३ मध्ये १० जिल्लाले राजधानी नभेटाउने भएकाले काभ्रे उपयुक्त हुने बताउनुभयो । उहाँले प्रदेशको नाम वाग्मती राख्नुपर्ने समेत बताउनुभयो ।

सांसद विजुला बर्मा रानाले काभ्रेमा धेरै जनसंख्याको पायक पर्ने बताउनुयभो ।सांसद केशव प्रसाद पोखरेलले कार्यदलले विवरण मात्रै तोकेकाले सेवाग्राहीको प्रभावकारिता हेरेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले काभ्रे उपयुक्त हुने बताउँदै अझ गहन भएर सोच्न आग्रह गर्नुभयो ।बैठक शुक्रबार दिउँसो ३ बजेकाे बस्नेगरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *