नेपालकाे प्रचार गर्ने तीन विदेशी सुन्दरी

समाचार

नेपालले जनवरी १ मा दशरथ रंगशालाबाट भ्रमण वर्ष २०२० को उद्घाटन गर्यो। जहाँ चार देशका मन्त्रीहरुको समेत सहभागिता रहेको थियो। नेपालमा पर्यटकको सुरक्षा ‘ग्यारेन्टी’ गर्दै नेपाल भ्रमण गर्न आह्वान गर्यो।

त्यस्तै जनवरी ७ मा नेपालका कूटनीतिक नियोगमा नेपाल भ्रमण वर्षको शुभारम्भ गरियो। भ्रमण वर्षलाई प्रभावकारी बनाउनको लागि कूटनीतिक नियोगले विभिन्न सेलिब्रेटी तथा प्रशासकलाई आमन्त्रण गरेका थिए।

नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न विदेशमा गरिएका कार्यक्रममा सहभागी हुँदै तीन चर्चित सुन्दरीहरूले नेपाल घुम्न अरूलाई सुझाएका थिए। ती तीन जना सुन्दरीहरू चीन, अस्ट्रेलिया र अरबका हुन्।

सरकारले याे वर्ष नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाे छ। नेपाली दूतावासले चीनको बेइजिङमा गरेको कार्यक्रममा नेपाल पुगिसकेका चिनियाँ कलाकारहरू, पर्यटन व्यवसायीहरू, एयरलाइन्स, पर्वतारोहीलगायतको सहभागितामा कार्यक्रम भएको थियो।

यसमा मुख्य आकर्षण थिइन् स्वी छिङ। उनी नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सद्भावना दूत हुन्। नेपाल सरकारले अक्टोबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो।

सद्भावना दूत घोषणा भएलगत्तै उनी पोखरा आएर घुमेकी थिइन्। पोखरामा उनले फेवातालमा नौकाविहार र प्याराग्लाइडिङमा रमाएकी थिइन्। अन्नपूर्ण आधारशिविर र मर्दी हिमालको यात्रा गरेकी थिइन्।

उनी दोस्रो पटक डिसेम्बर ६ मा नेपाल आएकी थिइन्। दोस्रो पटकको भ्रमणमा स्वि छिङ बर्दिया, लुम्बिनी, काठमाडौं र भक्तपुर घुमेकी थिइन्। उनीसहित आएको टोलीले नेपालको प्रवद्र्धन गर्ने सामग्री निर्माण गरी चिनियाँ सोसल मिडियामार्फत प्रचार गर्दै आएकी छिन्।

५० वर्षीया स्वी छिङ चीनकी प्रख्यात सेलिब्रेटी हुन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ‘फलो’ गर्नेहरुले उनलाई ‘समर क्विन’ र ‘हन्ड्रेड फ्लावर्स (सयवटा फूलभन्दा पनि सुन्दर) व्यक्तिको उपमा दिएका छन्।

अस्ट्रेलियन सुन्दरी पेम्बरटन
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योेगेश भट्टराईको उपस्थितिमा क्यानबेरास्थित नेपाली दूतावास तथा एनआरएनएको संयुक्त आयोजना भ्रमण वर्षको कार्यक्रम भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *