आज थप २ सय ९३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

समाचार

काठमाडौं, २१ असार । मुलुकमा थप २ सय ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ९३ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका १, ताप्लेजुङका २, मोरङका २ जना संक्रमित थपिएका छन् । त्यस्तै जनकपुर प्रयोगशालामा धनुषाका २७, सिरहाका १ जना, महोत्तरीका १२ जनामा संक्रमण देखिएको छ । नारायणी अस्पताल बीरगञ्जमा पर्साका १ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अर्घाखाँचीका १, बैतडीका ३, कैलालीका १४, कपिलवस्तुका १, काठमाडौंका ५, नुवाकोटका १, रौतहटका २ जना, सल्यानका १ जना र सर्लाहीका १ जनामा संक्रमित फेला परेका छन् । भरतपुर अस्पताल प्रयोगशालामा मकवानपुरका १ जनामा जना थपिएका छन् । त्यस्तै किटजन्य प्रयोगशाला हेटौंडामा रौतहटका २७ जनामा संक्रमित फेला परेका छन् । वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना संक्रमित थपिएका छन् ।

शिक्षण अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ जना, बाँकेका १, बर्दियाका १ जना, काठमाडौंका २१, नुवाकेटका १, सर्लाहीका १, भक्तपुरका १, रामेछापका २, सिन्धुपाल्चोकका २, इलामका १, ललितपुरका २ जना, म्याग्दीका १, धादिङका १ जनामा संक्रमण देखिएको छ । पोखरा जनस्वास्थ्य प्रयोगशालामा बागलुङका १ र तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लम्जुङका १, गोरखाका १ जना संक्रमित फेला परेका छन् ।

रुपन्देही प्रयोगशालामा भएको परीक्षणमा अर्घाखाँचीका १, कपिलवस्तुका १, नवलपरासीका १ जना, प्यूठानका ११ जना, रुपन्देहीका २ जनामा संक्रमण देखिएको छ । त्यस्तै भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङजाका १ जना, बर्दियाका ४ जना नयाँ संक्रमित थपिएका छन् ।

दैलेख प्रयोगशालामा दैलेखका ५ जना, सुर्खेतका २ जनामा संक्रमण देखिएको छ । चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुमपश्चिमका चार जनामा संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाजुराका २० जना थपिएका छन् ।

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुराका ३ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा अछामका १ जना, बैतडीका १ जना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३, कञ्चनपुरका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ३१ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ९ हजार २ सय ३ जना छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३२ विरामी निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *