भोली देशभर सार्वजनिक विदा

समाचार

बिहिबार सरकारले देशभर सार्वजनिक विदा दिने भएको छ । भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो ।हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् ।भोली पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् । यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं : सत्तारूढ नेकपाले प्रदेश ३ को राजधानी जसरी पनि हेटांैडा कायम राख्न पार्टी नेताहरूलाई पुनः निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साढे १० देखि साढे २ बजेसम्म सम्बन्धित प्रदेशका पदाधिकारी, दलका पदाधिकारी र मन्त्रीका कुरा सुनेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले प्रदेशको नाम बागमती र राजधानी हेटांैडा जसरी पनि कायम गर्न निर्देशन गरेका हुन्।

पार्टी नेतृत्वसँगको छलफलमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेशसभा संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल र सामाजिक विकासमन्त्री युवराज दुलाल, दलका प्रमुख सेचतक रामेश्वर फुयाल, पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेशका सांसदहरू पशुपति चौलागार्इं, राजेन्द्र पाण्डेलगायत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *