बधाई ! मेस्सीले पुर्‍याए करिअरमा ७०० गोल

खेलकुद

काठमाडौं, १७ असार । अर्जेन्टीनाका राष्ट्रिय टिमका कप्तान तथा बार्सिलोनाका फर्वाड लियोनल मेस्सीले आफ्नो करिअरमा ७०० गोल पूरा गरेका छन् । स्पेनिस ला लिगा अन्तर्गत गएराति एथ्लेटिकोबीच भएको खेलमा बार्सिलोनाको तर्फबाट पेनाल्टिमा गोल गरेसँगै मेस्सीले फुटबल करिअरमा ७०० गोल पूरा गरेका हुन् ।

यो सँगै विश्वका ७०० गोल गर्ने खेलाडीको सातौं नम्बरमा उनले नाम लेखाएका छन् । मेस्सीले धेरै मात्रामा बाँया खुट्टाले गरेको रेकर्डमा छ । मेस्सीले १४ महिनाअघि मात्रै ६०० गोल पूरा गरेका थिए । क्लबबाट मात्रै उनले ७२४ खेल खेल्दा ६३० गोल गरेका छन् । बाँकी गोल राष्ट्रिय खेलबाट गरेका थिए ।

हालसम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अष्ट्रियन खेलाडी जोसेफ बिकान रहेका छन् । उनले आफ्नो खेलकुद करिअरमा ८०५ गोल गरेका थिए । जोसेफको रेकर्डपछि दोस्रोमा ब्रजिलका लिजेन्ड रोमारियोको नाम रहेको छ । उनकाे नाममा ७७२ गोल रहेको छ । तेस्रोमा ब्राजिलियन खेलाडी पेले रहेका छन् । उनले ७६७ पुर्याएका थिए ।

त्यस्तै हंगेरीका लिजेन्ड फेरेन्क पुस्कासले ७४६ पुर्याएर चौथो स्थानमा रहेका छन् । ७३५ पुर्याएका जर्मनीका गेड मुलर पाँचौ स्थानमा रहेका छन् । मेस्सीको प्रतिद्वन्दी मानिदै आएका पोर्चुगलका खेलाडी क्रिष्टियानो रानाल्डो ७२६ गोलसहित छैटौँ स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *