आज थप ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि

समाचार

काठमाडौं, १४ असार । मुलुकमा थप ४ सय ६३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६३ जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ६२ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट २ हजार ७ सय ३२ जनाको परीक्षण गरिएको छ ।

पीसीआर विधिबाट हालसम्म कुल २ लाख १५ हजार ८ सय ३९ जनाको परीक्षण सम्पन्न भएको छ भने आरडीटी विधिबाट हालसम्म कुल २ लाख ९६ हजार ७ सय ६६ को परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार निको भएर डिस्चार्ज हुनेको पछिल्लो कुल संख्या ३ हजार १३ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ६१ हजार ७ सय १३ रहेको छ भने आइसोलेसनमा ९ हजार ७ सय ३१ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *