जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस”

मनोरन्जन

काठमाडौं । सुशान्त सिंह राजपुतको निधनले बलिउडमा परिवारवाद बिस्तार भएर फिल्मी परिवार भन्दा बाहिरबाट आउनेलाई हेला गर्ने गरेकोमा बहस शुरु भएको छ । कंगना रनावतले इन्टाग्राममा आएर परिवारवादले गर्दा सुशान्तले यस्तो कदम चालेको बताएपछि अहिले बलिउड नै दुई गुटमा बिभाजन भएको छ ।

बलिउड निर्माता/निर्देशक करण जोहरले नेपोटिजमलाई बढवा दिएको भनेर उनको चर्को बिरोध भइरहेको छ भने उनलाई साथ दिने आलिया भट्ट पनि ट्रोलको शिकार भएकी छिन् । अहिले सोसियल मिडियामा करण र आलियाको फलोवर्स घटिरहेका छन् भने कंगनाको बढिरहेको छ ।

सलमान खानले डेव्यु गराएकी नायिका सोनाक्षी सिन्हाले त कंगना रनावतलाई संगुरकै संज्ञा दिइन् । तर उनलाई पनि ट्रोलसले छाडेन्न । बलिउडमा डिप्रेशनमा परेर ज्यान गुमाउने सुशान्त पहिलो व्यक्त्ति भने होइन्न । २०१३ सालमा जिया खानले बलिउडलाई आश्चर्यचकित बनाउँदै २५ वर्षकै उमेरमा आत्मह-त्या गरेकी थिइन् ।

त्यति बेला उनी उनका व्याइफेन्ड्र भनिएका सुरज पञ्चोलीको कारण त्यो कदम उठाउन बाध्य भएकी बताइएको थियो । तर त्यहिबेला सलमान खानले जियाको आमालाई सुरजलाई सफाई दिन आग्रह गरेका थिए । त्यतिबेलाको बलिउड लाईफ र लाईभ हिन्दुस्तानले सलकानको समाचारमा प्राथमिकतामा राखेर लेखेका थिए ।

जियाको निधनको आमा उनकी आमा रिया खान लन्डनमा थिइन् । उनलाई सलमानले पटक पटक फोन गरेर सुरजलाई माफ गर्दिए आफुले धेरै पैसा दिने लालच देखाएको बताएकी छिन् । सुशान्तको निधनमा दुखी हुदै उनले फेरि पनि यस्ता दिन आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेकी छिन् । आफ्नो परिवारबादको झुट लुकाउनलाई बलिउडले कति सम्म गर्छ भन्ने कुरा सलमानको उक्त्त भनाइबाट थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *