उपत्यका प्रवेश गर्न खोज्ने सयौं सवारी साधन फर्काइयो

समाचार

काठमाडौं : सरकारले लकडाउन खुकुलो बनाएसँगै उपत्यका प्रवेश गर्न खोज्नेको नाकामा भिड बढेको छ । तर, उपत्यका प्रवेशको लागि गृह मन्त्रालयको सहमतिसहितको पास बिनाको सवारी साधनलाई प्रवेशमा रोकिएको छ । जस कारण दैनिक सयौं सवारी उपत्यकाका नाकाबाट फर्काउने गरिएको छ ।

सरकारले पसल तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेपछि उपत्यका बाहिरका सर्वसाधरणहरु आउने क्रम बढेको छ। तर, लकडाउन खुकुलो बनाएपनि एक जिल्लाबाट अर्को जिल्ला प्रवेश रोकिएको छ। नागढुंगा नाकाबाट मात्र दैनिक सयौं यात्रुलाई प्रहरीले फर्का उने गरेको छ । ‘धेरै जसो पसल खोल्न भनेर आउने गरेका छन्,’ महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले भने,‘लकडाउन खुकुलो भएपछि नाकामा चाप बढेको छ, कतिपय छिर्न पाइन्छ कि भनेर रातभरी कुरेर बस्छन्, बिहान फर्कन्छन् ।’

कतिपय उपत्यका छिर्न पाइने गलत सूचनाका आधारमा समेत प्रवेशको प्रयास गर्ने प्रहरीले जनाएको छ । उपत्यका प्रवेशलाई थप कडाई गरी धादिङ सँगको सीमा पर्ने सिस्ने खोलामा नै चेकपोष्ट स्थापना गरिएको छ । यसअघि नागढुंगा नाकामा चेकजाँच हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *