भोलिदेखि टेलिभिजन र रेडियोबाट पढाइ हुने (तालिका सहित)

समाचार

काठमाण्डाै : को’रोनाको जो’खिम र लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि सरकारले भोलि सोमबारदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाइ गर्न लागिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा.तुल्सीप्रसाद थपलियाले केन्द्रले हालसम्म सिकाइ पोर्टल र स्वअध्ययन सामग्री तयार गरेको र कक्षा १ देखि ८ सम्मका पाठहरुको भिडियो सामग्री तयार गरिएको जानकारी दिनुभयो ।

असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत रुपमा पढाइ सुरु हुने उहाँले बताउनुभयो । यस्तै कक्षा ९ र १० का विषयगत पाठहरु डिस होम, नेट टिभी र म्याक्स टिभीको स्कुल एजुकेशन च्यालनबाट प्रसारण हुनेछ । यसअघि नै शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ः०० देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ सुरु भैसकेको छ ।

कक्षा ९ र १० का विषयगत पाठहरू डिस मिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभी बाट कक्षा सञ्चालन हुँदैछ । शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ हुन थालेको हो ।

यही जेठ २८ गते देखि काठमाडौँ महानगर पालिको शिक्षा विभागको सहकार्यमा मेट्रो एफएम ९४ दशमलव ६ मा हरेक दिन बिहान ९ देखि साँझ ५ः३० बजेसम्म कक्षा १ देखि १० सम्मका विषयमा पढाइ गराइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को सहकार्यमा जनता टेलिभिजन, टिभी टुडे र योहो टिभीबाट पनि नियमित कक्षा सञ्चालन हुन थालेको छ । विभिन्न जिल्लामा स्थानीय रेडियोले पनि कक्षा सुरु गरेका छन् । भोलिदेखि पढाइ हुने तालिका :

Leave a Reply

Your email address will not be published. Required fields are marked *