पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा गरे देशकै बे’इज्जत, प्रहरीले गरे हस्तक्षे’प

समाचार

काठमाडौं । नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्न अस्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशकै बे’इज्जत गरेका छन् । भ्रमण वर्ष प्रचार प्रसार गर्न सिडनीको सडकमा निकाल्न लागिएको र्‍याली स्थानीय प्रहरीले रोकिदिएको छ ।

र्याली निकाल्न स्वीकृति नदिएको भन्दै प्रहरीले रोकिदिएको हो । यो विषयबारे अस्ट्रेलियाका मिडियामा समाचार प्रकाशित भएपछि अन्तर्राष्ट्रियस्तरमा देशको बेइज्जत भएको छ । सिड्नी काउन्सिलले र्याली निकाल्न दुई दिनअघि नै अनुमति दिएको थिएन ।

तर, पनि मन्त्री भट्टराईको जोडमा निकालिएपछि प्रहरीले रोकिदिएको हो । जुलुसमा पर्यटनमन्त्री भट्टराई, अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, काउन्सिल जनरल दीपक खड्कासहित नेपालीहरूको सहभागिता थियो ।

अष्ट्रेलिया अहिले शाेकमा परेकाे छ । डँडेलोले ठूलो क्षति भएर शोकमा परेको अष्ट्रेलियामा भ्रमण वर्षको र्‍याली निकाल्न खोजेर मुलुककै बेइज्जत हुने कार्य भएको छ । मन्त्री भट्टराईलाई विवादमा ल्याउने गरि भ्रमण वर्षको कार्यक्रम राखिएको देखिएको भन्दै अष्ट्रेलियामा रहेका नेपालीहरुले आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *