भक्तपुरमा सडकमा बगेको पानीले ट्रक चालकलाई बगाएर बेपत्ता बनायो

समाचार

भक्तपुर, २८ जेठ । भक्तपुरको चुनदेवीमा सडकमा बगेको पानीले एलपी ट्रकका चालकलाई बगाएर बेपत्ता बनाएको छ । भक्तपुरमा आज दिउँसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पूरै जलमग्न भएको थियो ।बेपत्ता ना ६ ख १६१६ नम्वरको एलपी ट्रकका चालक सिन्धुली रानीचुरी घर भै हाल मकवानपुर हेटौडा लामसुरे बस्ने बर्ष ५७ को नरबहादुर रावत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले बताउनुभयो ।बेपत्ता चालकको खोजी कार्य जारी रहेको पनि सूचना अधिकृत गिरीले जानकारी दिनुभयो ।

अरनिको राजमार्ग अन्तर्गत ६ लेन सडक पाण्डुबजार चोक र सल्लाघारी चोकको बिचमा पर्ने चुनदेवी बसस्टपमा बाटोको ढलमा बगेको पानीले ती चालकलाई बगाएको हो ।सो स्थानको सर्भिस ट्रयाकको बाटो पूरै जलमग्न भएको ठाउँमा सल्लाघारीबाट सूर्यबिनायक तिर आउँदै गरेको एल पी ट्रकका चालक गाडीबाट झरेर बाटोमा पानीको गहिराई नाप्दै जाँदा पानीले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *