कोरोना देखि डराए क्रिकेटर ! श्रीलंका र इंग्ल्याण्ड बीचको टेष्ट क्रिकेट स्थगित !

खेलकुद

काठमाडौं । कोरोनाभाइ रसको कारण इंग्ल्याण्डले श्रीलंकाविरुद्धको टेष्ट सिरीज स्थगित गरेको छ । विश्वभर पैलिरहेको कोरो’नाको त्रा’सका कारण इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डले शुक्रबार श्रीलंका क्रिकेटसंग छलफल गरेर टेष्ट स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

टेष्ट स्थगित गर्दै इसीबीले आफ्नो खेलाडीलाई तत्काल इंग्ल्याण्डमा फिर्ता बोलाइने भएको छ । विश्व स्वास्थ संगठनले कोरो’नालाई महा’मारी घोषणा गरेपछि अहिलेको अवस्थामा खेलाडी तथा स्टाफको शारीरिक र मानिसक सुरक्षा मुख्य विषय रहेको ईसीबीले जनाएको छ ।

श्रीलंकाको गाल्लेमा मार्च १८ देखि टेष्ट सुरु हुने तय थियो । शुक्रबारै बीसीसीआईले विश्वकै चर्चित क्रिकेट प्रतियोगिता आईपीएल १६ दिन पछि सार्ने निर्णय गरेको थियो । यस्तै आईसीसीले क्रिकेट विश्वकप लिग २ अन्तर्गत अप्रिलमा अमेरिकामा हुने ट्राई सिरिज पनि शुक्रबारै स्थगित गरिसकेको छ ।

नेपालमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग टि-२० क्रिकेट पनि अनिश्चितकालका लागि स्थगित भइसकेको छ । को’रोनाको त्रा’सका कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । विश्व चर्चित फुटबल लिगहरु प्रिमियर लिग ला लिगा सिरी ए ल ग वानदेखि युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगहरु पनि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *