गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई रेणु दाहालको ६.५ करोड

समाचार

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई भरतपूर महानगरपालिका तर्फबाट ६.५ करोड बजेट बिनियोजन गर्न लागेको कुरा मेयर रेणु दाहालले जनाएकी छिन् । रेणु दाहालका अनुसार धुर्मुस सुन्तली फ़ाउण्डेसनलाई सरकारदेखि भरतपूर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ ।

रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने देखि बजेट बिनियोजन समेत गर्ने तयारी रहेको कुरा मेयर रेणु दाहालले उल्लेख गरेकी छिन् । मेयर दाहालका अनुसार यो रङ्गशाला जनस्थरबाट नै निर्माण गर्नेगरि अगाडी बढिरहेको छ र यसका लागी सरकारले समेत नगरपालिका र फ़ाउण्डेसनलाई चाहिदो सहयोग गरिरहेको छ ।

शुत्र बहसमा सहभागी भएकी रेणु दाहाल भन्छिन् “राज्य अग्रसर नभए यत्ति ठुलो परियोजना सम्भव हुँदैन र अहिले सरकारले पूर्ण साथ सहयोग गरिरहेको छ । जग्गा देखि मनोबल प्रदान गर्न सरकार सधै अगाडी रहेको छ । रेणु दाहालका अनुसार प्रदेश सरकारले समेत ५ करोड सहयोग गर्ने निर्णय गरेको छ । भरतपूर नगरपालिका र प्रदेश सरकारले ११.५ करोड रङ्गशालालाई दिने निर्णय गरेको छ ।

सिरहा : सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडी बजारस्थित भारतीय पक्षको कस्टम अफिसले दशगजा मिचेर स्वागतद्वार निर्माण थालेपछि विरोध भएको छ। स्थानीयले विरोध गरेसँगै प्रहरी प्रशासनले चासो देखाएको छ। तत्काललाई काम स्थगन गर्न दुवै पक्षका सुरक्षा अधिकारीबीच सहमति भएको छ। दुवै देशको संयुक्त सर्वे टोलीको अनुगमनबाट विवाद निरूपण गरेपछि मात्रै काम अघि बढाउने सहमति भएको हो।

एक वर्षअघि पनि यहाँ भारतीय पक्षले स्वागतद्वार बनाउन खाल्टो खनिसकेको थियो। तत्कालै प्रशासनले रोक्न लगाएको थियो। अहिले फेरि भारतीय पक्षले निर्माण कार्य गर्न खाल्टो खनिसकेको छ। हाल निर्माण गर्न खोजिएको स्वागतद्वारबाहेक पनि भारतीय पक्षले कस्टम चेकपोस्ट र एसएसबीको चेकिङ प्वाइन्ट दशगजामै राखेको छ।

पटक–पटक चेकपोस्ट हटाउन माग गरे पनि आफूहरूको माग सुनुवाइ नभएको स्थानीय कन्हैया भट्टले बताए। ‘दशगजा मिचेर भारतीय प्रशासन र स्थानीयले घर टहरा बनाएको छ,’ उनले भने, ‘रोक्नका लागि हाम्रो प्रशासनलाई धेरैपटक भनिसक्यौं। तर कुनै पहल भएको देखिँदैन।’ स्वागतद्वार निर्माण भइरहेको जानकारी पाउनसाथ आफूले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *