पीएसजी च्याम्पियन्स लिग क्वाटरफाइनलमा प्रवेश, नेयमार नायक बने

खेलकुद

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको लिगको दोस्रो खेलमा बोरुसिया डर्टमन्डलाई २-० ले पराजित गर्दै समग्रमा ३-२ को जित निकाल्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । पहिलो लिगको खेलमा पीएसजी २-१ ले पछि परेको थियो ।

पिएसजीलाई क्वाटरफाइनलमा पुर्याउनको लागि ब्राजिली स्टार फरवार्ड नेयमार जुनियर नायक बने । पहिलाे लिगमा पनि गाेल गरेकाे नेयमारले दाेस्राे लिगमा पनि एक गाेल गरे । अर्काे गाेल जुवान बर्नाटले गरे पिएजीको घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा दर्शकविना नै खेल भएको थियो । कोरोना भाइरस (कोभिड-१९) को सन्त्रासका कारण खाली स्टेडियममा खेल खेलाइएको थियो ।

खेलको २८औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एन्जल डि मारियाको क्रसमा नेयमारले गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जुवा नबर्नाटले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले पाब्लो सारावियाको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा डर्टमन्डले घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा खेल पिएसजीले जित्यो । युवा स्टार अर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोका केही प्रयासलाई पीएसजीका गोलरक्षक केलर नाभासले विफल पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *