अष्ट्रेलियाको अर्को हार , दक्षिण अफ्रिकाद्वारा शिरिज ‘क्लिन स्विप’

खेलकुद

काठमाण्डौ – अष्ट्रेलिया विरुद्धको एक दिवसीय सिरीजमा दक्षिण अफ्रिकाले ‘क्लिन स्विप’ गरेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकालेसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा सिरीज कब्जा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ५४ रन बनायो । अष्ट्रेलियाका लागि मार्नुसले शतकीय पारी खेले । उनले एक सय आठ बलमा आठ चौकाको मद्दतले एक सय आठ रन नै बनाए । यस्तै डासे सोर्टले ३६ तथा मिचेल मार्सले ३२ रन बनाए । यस्तै झे रिचार्डसनले २४ तथा आरोन फिन्चले २२ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिकाले ४५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि केली भेरेनेले ५० रन बनाए भने क्विन डी ककले २६ तथा जानीमन मलनले २३ रन थपे ।

एकदिवसीय क्रिकेटमा गरेको प्रदर्शनका कारण मलन टी २० सिरीजमा पनि टिममा परेका छन । यस्तै जेजे स्मुट्सले ८४ रन बनाए भने हेनरीच क्लासिनले ६२ रनको योगदान गरे । दक्षिण अफ्रिका पहिलो खेलमा ७४ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *