काठमाडौ – आयरल्याण्ड्विरुद्धको पहिलो टी २० खेलमा अफगानिस्तान डकवर्थ एण्ड लुइसको नियमका आधारमा ११ रनले विजयी भएको छ । भारतको ग्रेटर नोयडामा भएको खेलमा पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७२ रन बनाएको थियो ।
उसका लागि पल स्टर्लिङ्ले ६० तथा केभिन ओब्राइनले ३५ रन बनाए । बलिङमा अफगानिस्तानका राशिद खानले ३ विकेट लिए । जवाफमा अफगानिस्तानको स्कोर १५ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन हुँदा भारी वर्षा भएका कारण खेल रोकिन पुग्यो ।
वर्षा रोकिएपछि सुरु भएको खेलमा अफगानिस्तानले १५ ओभरमा एक सय २३ रनको नयाँ लक्ष्य पायो जुन उसले पूरा गरिसकेको थियो। जितसँगै अफगानिस्तानले तीन खेलको टी २० सिरीजमा एक शून्यको अग्रता बनाएको छ ।